काठमाडौ, ८ कात्तिक । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले गोकर्ण बैठकले प्रमुख दलहरुवीच आईसब्रेक भएको बताएका छन ।
दलहरुलाई सहमतिमा तोकिएकै समयमै संविधान जारी गराउन रिपोर्टर्स क्लबले आयोजना गरेको दवावमुलक देउसी भैलो कार्यक्रममा उनले सहमतिमै माघ ८ गते भित्र संविधान जारी हुने विश्वास ब्यक्त गरे ।
देउवाले संविधानसभामा कसैको पनि दुई तिहाई बहुमत नभएकोले सहमतिको विकल्प नभएकोले सबै सहमतिको लागि लचिलो हुनु पर्ने आवश्यकता औल्याए ।
उनले संविधान निर्माणको लागि अझै पुस सम्मको समय बाँकी रहेकोले दलहरुवीच सहमति हुने विश्वास व्यक्त गरे ।
















प्रतिक्रिया