३१ आश्विन २०८३, शनिबार

खतरा भएपछि ४५ पर्यटकलाई पैदलमार्गमा जान दिइएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhaulagiri-(60)म्याग्दी, ८ कात्तिक ।  धौलागिरि पदयात्रामा आएका पर्यटक मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाटै फर्किएका छन् ।

भारतमा आएको हुदहुद नामक आँधीको प्रभावले असोज अन्तिम साता हिमाली क्षेत्रमा भएको बेमौसमी हिमपात र हिमपहिराको कारण  पदचिह्न पुरिएको र बाटो बिग्रिएकाले फर्किन पर्यटक फर्कन थालेको जर्मनेलीलाई पदयात्रामा लिएर गएका पथप्रदर्शक डेन्डी शेर्पाले बताए ।

शेर्पा एडभान्चर ट्राभलमार्फत  धौलागिरिको पदयात्रामा गएको आठ  जर्मनेलीसहित ४० जनाको टोली आधार शिविरको इटाली आधारशिविर फिर्ता भएर आएको पथप्रदर्शक शेर्पाले बताए ।

धौलागिरि आधारशिविरबाट फिर्ता भएर आएको पथप्रदर्शक शेर्पा नेतृत्वको सो पर्यटकको समूह भने अन्नपूर्ण–धौलागिरि पदमार्ग हुँदै म्याग्दीका पर्यटकीयस्थलको भम्रणमा लागेको छ ।

बेमौसममा भएको भारी हिमपातका कारण हिउँमा पुरिएर हालै दुई  स्लोभाकियाली पर्यटक र तीन नेपालीको मृत्यु भएपछि पर्यटकले खतराको महसुस गर्दै भम्रण पूरा नगरी फर्कन थालेको बताइएको छ ।

पथप्रदर्शक शेर्पाका अनुसार धौलागिरिको पदयात्रामा गएका जर्मनी, फ्रान्स, स्पेनलगायत मुलुकका करिब ४५  पर्यटकको समूहसमेत आधारशिविरबाटै फिर्ता भएको छ ।

फर्किएका पर्यटकमध्ये केही अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भम्रणमा लागेको तथा केही पोखरा हुँदै काठमाडांै नै फिर्ता भएको बताइएको छ ।