नुवाकोट, ७ कात्तिक। काठमाडौंबाट रसुवा जाँदै गरेको यात्रुबाहक बस नुवाकोटको बेलकोटमा दुर्घटना भएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
बेलकोट गाविसको टीगाउँस्थित आर्कोटे भीर भन्ने स्थानमा बस दुर्घटनाग्रस्त भएको हो ।
मृत्यु हुनेमा एक विदेशी नागरिक समेत छन् । घटनास्थलमा ८ जनाको शव भेटिए पनि उनीहरुको सनाखत हुन सकेको छैन् ।
अहिले पनि उद्धारकार्य जारी छ । दुर्घटनाका क्रममा थुप्रै यात्रु घाइते भएको अनुमान गरिएको छ ।
तिहारको लागि घर जाँदै गरेका यात्रुले भरिएको बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।















प्रतिक्रिया