बर्दिया, ६ कात्तिक । बर्दियामा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
बर्दियाको सानोश्री गाविस नजिक पर्ने जंगलमा गत बुधबार साँझ तीनजना पुरुषको समूहले महिलामाथि बलात्कार गरेका हुन् ।
साँझ ७ बजे घरतर्फ जाँदै गर्दा नजिकैको जंगलमा लगेर बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । पीडित महिलाले साँझको समय भएकाले बलत्कार गर्नेहरुलाई नचिनेको बताइन् ।
घटना भए लगत्तै घटनास्थलबाटै पीडित महिलाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिएन् । घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले उनको उद्दार गरेको थियो । घटनामा संलग्न ब्यक्तिहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सानोश्रीले जनाएको छ ।
पीडित महिलाले घटनामा संलग्न ब्यक्तिहरुलाई चिन्न नसकेको बताएकाले आरोपीलाई तत्काल पक्राउ गर्न नसकिएको तर उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डिएसपि) दिपककुमार बस्नेतले बताए । तीहार विदा परेको हुनाले आइतबार मात्रै मुद्दा दर्ता हुने बस्नेतको भनाइ छ ।
पीडित महिलाका पति रोजगारीका लागि छ महिनादेखि विदेशमा छन् । उनका दुई वर्षका छोरा छन् । बलात्कारीको पहिचान भइसकेको तर उनीहरु फरार रहेको प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले बताए । पीडित महिलालाई फोनसम्पर्क गरि बोलाई बलात्कार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया