३१ आश्विन २०८३, शनिबार

माघ ८ भित्र संविधान जारी हुनेमा मन्त्रीहरुकै आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-Nidhi

काठमाडौ, ७ कात्तिक । माघ ८ गते संविधान जारी गरेर विदा लिने सहमतिसहित गठन भएको सरकारका मन्त्रीहरुले नै माघ ८ गतेभित्र संविधान आउनेमा आशंका ब्यक्त गरेका छन ।

रिपोर्टर्स क्लब नेपालको सहमतिमै तोकिएकै समयमा संविधान निर्माण गर्न दवावमुलक देउसी भैलो टोलीसँगको कुराकानीमा भौतिक योजना मन्त्री विमलेन्द्र नीधिले माघ ८ गतेभित्रै संविधान आउनेमा आशंका ब्यक्त गरेका हुन् । उनले भने–’माघ ८ गते नै संविधान आउँछ भनेर नभनौ । यहि संविधानसभाले चाँही संविधान दिन्छ ।’

उनले दलहरुवीच विवादित विषयमा सहमतिको सम्भावनाको अन्त्य भइसकेकोले अहिले दलहरु सम्झौताको लागि छलफलमा रहेको स्पष्ट पार्दै सम्झौतापनि हुन नसके प्रक्रियाबाट संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

मन्त्री नीधिले दलहरुले दलगत अडान छाडेर लचकता प्रस्तुत गरे सहमति हुन सक्ने भन्दै आगामी संविधान संघीयता, धर्मनिरपेक्षता र समावेशी रुपमा जारी हुनुपर्ने बताए ।

उनले निर्वाचन क्षेत्र तय गरेर प्रदेश सभालाई नै सीमाङकनको अधिकार दिएर प्रदेशमा रहेको विवाद मिलाउन सकिने तर्क गरे ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दलहरुवीच सहमतिको कुनै छाँटकाट नदेखिएको भन्दै माघ ८ मा कुनै प्रकारको भए पनि संविधानको मस्यौदा भने ल्याउनै पर्ने बताए । उनले माघ ८ मा केही पनि दिन नसके मुलुक दुर्घटनामा फस्ने सम्भावना ब्यक्त गरे ।

स्वास्थ्य मन्त्री खगराज अधिकारीले माघ ८ गतेभित्र निर्विकल्प रुपमा संविधान जारी हुनु पर्ने भन्दै सात प्रदेश बनाउनु सबै भन्दा उपयूक्त हुने बताए । यद्यपि उनले प्रदेशको विवादलाई प्रदेश सभाबाट टुङग्याउन सकिने तर्क गरे ।