काठमाडौं, ७ कात्तिक । दीपावली गर्ने क्रममा लक्ष्मीपूजाका दिन देशका विभिन्न ठाउँमा आगलागीले लाखौंको क्षति भएको समाचार छ ।
बीरगन्जको आदर्शनगरस्थित गणपति बनस्पती प्रालिको कार्यालयमा बिहीबार राति दीपावलीको दियोबाट आगलागी हुँदा लाखौको क्षति भएको छ ।
बीरगंज उपमहानगरपालिका र कलैयाबाट आएको बारुणयन्त्रले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो। घटनाको बारेमा अनुशन्धान भइरहेको छ । क्षतिको यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
यता, उदयपुरको रामपुर ठोक्सीला ८ स्थित धोधन सदाको घरमा साँझ ७ बजे दिपावली गर्ने क्रममा अचानक आगलागी भएको छ । आगलागीबाट घर तथा घरभित्र रहेको सामान जलेर करिब एक लाख बराबरको क्षति भएको बताइएको छ ।
सुनसरीको ईटहरी १ स्थित रोहित पराजुलीको घरमा राति १० बजे आगलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको छ। ग्यास सिलिण्डर लिक भएर घरमा आगो लागेको अनुमान गरिएको छ । इटहरी नगरपालिकाको बारुणयन्त्र र प्रहरी मिलेर साढे ११ बजे नियन्त्रणमा लियो।
सुनसरीकै देवानगंज ७ बस्ने जसिर अन्सारीको गोठमा बिहिबार साँझ करिब ८ बजे आगलागी हुँदा गोठ तथा गोठभित्र राखिएको बिस मन पटुवा जलेर नष्ट भएको छ ।















प्रतिक्रिया