१५ कार्तिक २०८३, आइतबार

असारभित्र संविधान संशोधन हुने, एमालेले मान्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म चाँडै संविधान संशोधन गर्ने गरी पहल सुरु गर्ने जनाएका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

राजपाका नेताहरूले असारभित्रै स्रशोधन गर्न आग्रह गरे । उनीहरूले यसअघि राजपासँग गरिएको तीनबुँदे सहमति पनि असारभित्रै कार्यान्वयन गर्न आग्रह गरेका छन् ।