
सर्लाही, २४ असार । यस वर्ष यहाँ इँटाको मूल्य घटेको छ । उत्पादन बढी र विक्री कम भएकाले व्यापारीले इँटाको भाउ घटाएका हुन् ।
गत वर्ष इँटाको साइज र गुणस्तरअनुसार प्रतिगोटा ११ देखि १६ रुपैयाँ पर्नेमा यस वर्ष भाउ घटेर ९ देखि १४ रुपैयाँमा विक्री भइरहेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
बढी उद्योग भएर उच्च प्रतिस्पर्धा र मागमा कमी आएकाले भाउ घटेको बताइएको छ ।












प्रतिक्रिया