३१ आश्विन २०८३, शनिबार

माघ ८ भित्र संविधान जारी हुने कुरालाई कसैले रोक्न सक्दैनः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepalकाठमाडौँ, ६ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता एवं र्पूव प्रधानमन्त्री माधवकुमार नेपालले आगामी माघ ८ भित्रमा जसरी पनि नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ ।

नेकपा एमाले निकटको साँस्कृतिक पेशागत महासंघले बिहीबार माइलस्टोन कलेजको प्राङ्गणमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उहाँले राष्ट्रको हित र जनताको कल्याणका लागि पनि माघ ८ भित्रमा जसरी पनि संविधान जारी गर्नुपर्ने बाध्यता भएको बताउनु भएको हो ।

उहाँले आगामी मंसिरसम्म अझै पनि सहमतिमा संविधान जारी गर्ने प्रयास गर्ने र नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने दाबी गर्नुभयो ।

उहाँले सबैलाई माघ ८ भित्रै नेपाली जनतालाई संविधान दिने सद्वुद्धी तिहारले दिन सकोस भन्नुभयो ।  ‘नेपाली जनताले चाहेको संविधान हो ।

तर अहिले केही दल जातीय संक्रमणबाट मुक्त हुन सकेका छैनन,’ उहाँले एमाओवादीप्रति लक्षित गर्दै भन्नुभयो ती दललाई पनि समयमा संविधान जारी गर्ने शक्ति तिहारले प्रदान गरोस् ।’
देउसी–भैलो कार्यक्रमको शुरुवात गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि नेपालीको एकता, संवृद्धि र संस्कृतिलाई असलबाटोमा डो¥याउन तिहारको महत्व रहेको भन्दै माघ ८ भित्रै संविधान जारी गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको दावी गर्नुभयो ।

कार्यक्रममा पेशागत महासंघका इञ्चार्जसमेत रहनु भएका माइलस्टोन कलेजका अध्यक्ष डा. विजय पौडेलले पनि तिहारले सबै राजनीतिक दलका नेताहरुमा समयमा संविधान जारी गर्ने सद्वुद्धी दिनसकोस भन्नुभयो ।