३१ आश्विन २०८३, शनिबार

लेखा समितिलाई किन दिए निरौलाले चुनौति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subasकाठमाडौँ, ६ कात्तिक । नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलाले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलाई चुनौति दिएका छन् ।

भ्रष्टाचारको आरोपमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कारवाहीको लागि निर्देशन दिएको भोलिपल्टै एक कार्यक्रममा उनले समितिले आफ्नो क्षेत्राधिकार नाघेको आरोप समेत लगाए ।

वोर्डको प्रमुख कार्यकारी अधिकृत रहँदा निरौलाले करोडौंको अनियमिता गरेको ठहर गर्दै समितिले उनलाई निलम्वनका लागि बुधकार निर्देशन दिएको थियो ।   त्यसको भोलिपल्ट बिहीबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर निरौलाले आफूले संसदीय समितिको सम्मान गर्ने भएपनि क्षेत्राधिकार नाघेर निर्देशन दिएकोले आफूले काम नछाड्ने चेतावनी दिए ।

निरौलाले अदालतमा विचाराधिन विषय भएकोले त्यसको विषयमा कुनै पनि निकायले कुनै निर्णय गर्न नसक्ने ठोकुवा गर्दै अदालतले गर्ने फैसला भने आफूलाई स्विकार्य हुने पनि दाबी गरे ।

अर्को संवैधानिक निकाय महालेखा परीक्षकले आर्थिक कारोबारको विषयमा हेरिरहेको अवस्थामा अर्को निर्देशन आउनु उचित नहुने भन्दै निरौलाले लेखासमिति पूर्वाग्रही भएर आफुमाथि खनिएको आरोप समेत लगाए ।

निरौलाले लेखा समितिका सदस्यहरुलाई आफ्ना झगडियाहरुले प्रभावमा पारेर निर्णय गर्न लगाएकोले त्यसलाई मानेर पद नछाड्ने चेतावनी समेत दिए ।
‘सार्वजनिक खरिद कानुनको पालना नगरी खरिद गर्ने, प्रमाण र  औचित्य बिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी भुक्तानी दिने, लेखाका विवरणहरु सही र यथार्थ नराख्ने लगायतका क्रियाकलापमा निरौलाको प्रत्यक्ष संलग्नता देखिएको भन्दै उनलाई निलम्बन गर्न समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।