काठमाडौँ, ६ कात्तिक । भारतको राजस्थानमा आगोले जलेर एकै परिवारका ५ सदस्यसहित ७ जनाको मृत्यु भएको छ ।
राजस्थानको बाडमेर जिल्लाको बालोतराको एक पसलमा आगो लाग्दा जलेर उनीहरुको मृत्यु भएको हो ।
फेन्सी कपडा पसलमा बुधबार मध्यराति आगो लागेको हो । आगो लागेको समयमा पसल बन्द थियो । पसलभित्रै सुतिरहेकाहरुको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगलगिबाट सयकडौं सवारी साधन जलेका थिए । एजेन्सी















प्रतिक्रिया