३१ आश्विन २०८३, शनिबार

दुर्घटनामा चार जनाको मृत्यु,१७ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ५ कात्तिक  । बुधबार भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाराको अमलेखगन्जमा  ट्रक, ट्यांकर र एउटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा अन्य १७ जना घाइते भएका छन् ।

घाइते १७ जनालाई हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वीरगञ्जबाट हेटौंडातर्फ आइरहेको ना ४ ख १५४४ नम्बरको बस, ना ३ ख ६२८५ नम्बरको ट्रक र ना २ ख८७११ नम्बरको ट्यांकर ठोक्किएका हुन् ।

ओभरटेक गर्नेक्रममा बस, ट्रक र ट्यांकर एकआपसमा ठोक्किएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।