काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–२६ ठमेल मन्डेला स्ट्रेटस्थित रिसोर्ट होटलको पाँचौ तलामा असार २ गतेदेखि बस्दै आएका चाइनिज नागरिक उई वाङलाई बिना इजाजत राखेको ४८.५ केजी बोधीचित्तको दाना सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिना ईजाजत बोधीचित्तहरुको ब्यापार गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटी गएको प्रहरीले उक्त होटलको कोठामा खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामान बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।
निजलाई उक्त सामान सहित प्रहरीले बन कार्यालयलाई बुझाएको छ ।















प्रतिक्रिया