
काठमाडौँ, १६ असार । स्थानीय तह दोस्रो चरणको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमाले पहिलो स्थानमा देखिएको छ । यसैगरी नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
नेकपा एमालेले एउटा नगरपालिकासहित ७ स्थानमा जितेको छ भने काँग्रेस ४ र माओवादी एक ठाउँमा विजयी भएको छ ।
शुक्रबार दिउँसो १ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले ११८ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसले १११ ठाउँमा अग्रता लिएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ४४ स्थानीय तहमा अगाडि देखिएको छ ।
१२ स्थानमा भने संघीय समाजवादी फोरम, नयाँशक्ति, फोरम लोकतान्त्रिक, राप्रपा लगायतको अग्रता देखिएको छ ।
बुधबार प्रदेश नं १, ५ र ७ का ३ सय ३२ स्थानमा दोस्रो चरणको निर्वाचन भएको हो । जसमध्ये ३ सय २० भन्दा बढी ठाउँमा अहिले मतगणना भइरहेको छ । दुई स्थानमा भने मतदान स्थगित भएको छ ।















प्रतिक्रिया