३१ आश्विन २०८३, शनिबार

मादकपदार्थ बनाउने, खुवाउने र सेवन गर्ने सबैलाई बाटो खनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2083nphoto1खोटाङ, ४ कात्तिक । खोटाङको च्यास्मिटारमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने छ जनालाई बाटो खनाइएको छ ।

मादकपदार्थ निषेधित क्षेत्र घोषणा गरिएको च्यास्मिटार–४ दाल्फुमा जाँडरक्सी बनाउने एक जना, खुवाउने एक जना र सेवन गर्ने चार जनालाई बाटो खनाइएको हो ।

निषेधित क्षेत्रमा जाँडरक्सी बनाउने, खुवाउने र खानेलाई सजाय स्वरुप गाउँको गोरेटो बाटो मर्मत गराइएको स्थानीय सिर्जनात्मक एकता युवा समूहका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो ।

समूहको आह्वानमा गाउँमा आयोजना गरिएको भेलाको निर्णयअनुसार मादकपदार्थ बनाउने, खुवाउने र खानेलाई कारबाही गरिएको समूहले जनाएको छ ।

उनीहरुलाई सोमबार गाउँकै सेरेम्पाबारीदेखि पाङ्ग्रा खोलासम्मको बाटो मर्मत गराइएको राईले बताउनुभयो। जाँडरक्सीको प्रयोगबाट हुने व्यक्तिगत तथा सामाजिक हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउँमा कुलत तथा दुव्र्यसनी न्यूनीकरण गर्न समूहले गाउँमा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

गाउँमा खुलेआम बिक्रीवितरण हुने जाँडरक्सीका कारण समाजमा झैझगडा, होहल्ला तथा सामाजिक विकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउँमा मादकपदार्थ निषेधको अभियान थालिएको समूहका सचिव खविराज राईले बताउनुभयो ।

आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्यसहित समूहले गाविसका राजनीतिक दल, गाविस, प्रहरी चौकी, स्वास्थ्य चौकी, सङ्घसंस्था, विद्यालयलगायतको समर्थनमा कुलत विरुद्धको अभियान थालेको हो । रासस