२ कार्तिक २०८३, सोमबार

एन.आई.सी.एशिया बैंकको नयाँ शाखा दुहवीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फइल तस्बिर

सुनसरी, १२ असार । एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरी जिल्लास्थित दुहवी नगरपालिकामा खुलेको छ ।

एनआईसीका प्रमुख कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा विधिवत् गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिन्छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको विज्ञप्तिमा उल्लेख छ ।