काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालासंग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीले भेट गर्नुभएको छ ।
सोमबार अपरान्हको भेटका अवसरमा प्रधानमन्त्री कोइरालाको हालैको अमेरिका भ्रमण, नेपालको संविधान निर्माण प्रकृया र नेपाल अमेरिका सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटमा अमेरिकी राजदूत बोडीले नेपालमा हालै आएको हिमपातबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसमा जीवन गुमाएका नागरिकका स्वजनहरुप्रति समवेदना प्रकटगर्नु भयो ।उहाँले हिँउमा अलपत्र परेका पदयात्रीहरुको उद्धारमा नेपाल सरकार र निजी क्षेत्रका व्यवसायीहरुले गरेको प्रयासको सराहना पनि गर्नुभयो ।
भेटमा राजदूत बोडेले संविधानका सम्बन्धमा प्रस्तुत गरेको स्पष्ट धारणाको पनि प्रशंसा गर्नुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन जाँदा अमेरिकी राष्ट्रपति बाराक ओवामासंग भएको भेट र नेपाल भ्रमणको लागि आफूले दिएको निमन्त्रणाको पनि स्मरण गर्नुभएको थियो ।
वार्तामा प्रधानमन्त्री कोइरालाले निर्धारित समयमा नै संविधान आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको समयमा जनताका बीचमा जादा र संविधानसभाको बैठकबाटै संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले गरेको एक बर्षभित्र संविधान जारी गर्ने संकल्प,सबै नागरिक र राजनीतिक दलहरुको संविधान निर्माणमा देखिएको चिन्ता, नेपालका मित्रहरुको चिन्ता र चासोले संविधान आउने वातावरण सुनिश्चिित गरेको पनि बताउनुभयो ।
















प्रतिक्रिया