१५ कार्तिक २०८३, आइतबार

राजपाका केन्द्रीय नेताहरू आफ्ना उम्मेदवारलाई मत माग्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

रुपन्देही, ११ असार । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् ।

केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रुपन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन् ।

रूपन्देहीको मर्चवार क्षेत्रमा कोटहीमाई, सम्मरीमाई र मर्चवार माई तीत गाउँपालिका छन् ।

यी गाउँपालिका रूपन्देही क्षेत्र नम्बर ६ मा पर्छन् जहाँबाट शुक्ला सांसदमा चुनिएका हुन् ।

चुनावमा पार्टी सहभागी नभएपनि शुक्लले आफ्नो पकड कायम राख्न स्वतन्त्र हैसियतमा उठेका पार्टीका स्थानीय नेता कार्यकर्तालाई सघाउन र पक्षमा चुनावी परिणाम ल्याउन खटिएका हुन् ।