३१ आश्विन २०८३, शनिबार

तिहारमा देउसी भैलो खेल्ने समय राती ९ बजेसम्म

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7777777777777777777777777777777777777777काठमाडौ, ३ कात्तिक । सरकारले तिहारमा रातको समय देउसी भैलो खेल्न केही खुकुलो बनाएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी तिहारमा देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म कायम गरेको जानकारी दिएको छ ।

यस अघि असोज ३१ गते गृह मन्त्रालयले  तिहारमा  राति ७ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुमति दिएको थियो ।

विभिन्न क्षेत्रबाट देउसी भैलोको समय थपका लागि अनुरोध भई आएको उल्लेख गर्दै गृह मन्त्रालयका सहायक प्रवक्ता गंगाबहादुर क्षेत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–जिल्ला प्रशासन कार्यालयहरुबाट समेत थप समय तोकिएमा जिल्लाको सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सकिने प्रतिक्रिया प्राप्त हुन आएकालेु समय थपिएको हो।