काठमाडौँ, ३ कात्तिक । मालपोत कार्यालय कलंकीका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालयका नायव सुब्बा धरेन्द्र पौडेललाई सेवाग्राहीबाट ५० हजार नगद घुस लिदै गर्दा रकम सहित पक्राउ गरेको हो ।
घरजग्गाको कारोवारमा पौडेलले घुस लिएका हुन् । पौडेलले घुस नपाएसम्म काम नगर्ने भनेपछि सेवाग्राहीले अख्तियार गुहारेको थियो ।















प्रतिक्रिया