१५ कार्तिक २०८३, आइतबार

कांग्रेसभित्र अन्तर्घातको डर, यस्तो बन्यो रणनीति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ ।

पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजगी हासिल गरेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

दोस्रो चरणमा हुने ३५ जिल्लाको ३ सय ३४ तहमा हुने निर्वाचनबाट पहिलो पार्टी हुने दावी गरिरहेको कांग्रेसले अन्तर्घात हुने डरका कारण निगरानी बढाएको छ ।

अन्तर्घात हुने अनुमान गर्दै पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भई चुनाव लडेमा बागी उम्मेदवारको प्रस्तावक समर्थक फिर्ता भएमा पार्टी सदस्यता नरहने व्यवस्था गरेको छ ।