२९ आश्विन २०८३, बिहिबार

नाकाबन्दी खोल्न कतारमाथि साउदीको शर्तः अलजजिरा टेलिभिजन बन्द गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । आतंकवादलाई सहयोग गरेको भन्दै कतारमाथि नाकाबन्दी लगाउने खाडी मुलुकले अलजजिरा टेलिभिजन बन्द गर्नुपर्नेलगायत १३ वटा शर्त अघि सारेका छन् । उनीहरुले नाकाबन्दी हटाउन यस्तो शर्त अघि सारेका हुन् ।

विगत ३ सातादेखि कतारमाथि नाकाबन्दी लगाएका साउदी, इजिप्ट, युएई र बहराइन लागायतका मुलुकले कतारले शक्तिशाली राष्ट्र इरानसँग सम्बन्ध कटौती गर्ने र टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने लगायत शर्त राखेका हुन् ।

यद्यपी कतारले आतंकवादलाई सहयोग गरेको आरोप गलत भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

कतारमाथि नाकाबन्दी लगाउने खाडी मुलुकले अलजजिराले आफ्नो देशमा भएका मानवाधिकार उलंघनका घटनाबारे चुप लाग्ने तर छिमेकी मुलुकमा प्रजातन्त्र र अधिकार भन्दै सरकार विरोधीहरुलाई हौसाएको आरोप लगाउँदै आएका छन् ।