वीरगञ्ज, ३ कात्तिक । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २० किलो चाँँदीसहित एक जना पक्राउ परेका छन् ।
अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले २० किलो चाँदीसहित छपकैया निवासी विजयकुमार सर्राफलाई पक्राउ गरेको हो ।
आइतबार राति वीरगन्ज उपमहानगरपालिका–१९ मा पर्ने भन्सार एरियाबाट बैंकबाट खरिद गरिएको चाँदी ना२ ख ८७८८ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाई भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सर्राफलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया