काठमाडौँ, २ कार्तिक । आईएमईले संचालन गरेको ‘विदेशमा परिवार भेट’ योजनाको भाग्यशाली पुरस्कार रुपन्देही रुद्रपुरका अमिरिका थारुले जितेका छन् ।
मलेसियाबाट नेपालमा रकम पठाएका रुपन्देही रुद्रपुरका थारुले यो पुरस्कार जितेका हुन् । उनको परिवारले पाँच दिनसम्म मलेसियामा घुम्ने प्रबन्ध अब आईएमईले गर्नेछ ।
आइतबार राजधानीमा विशेष कार्यक्रमका बीच आईएमईले आफ्नो लोकप्रिय कार्यक्रम ‘विदेशमा परिवार भेट’ योजनाको सबभन्दा आकर्षणको केन्द्र विदेशमा रहेका आफन्तलाई सपरिवार भेट्न जाने सर्वाधिक भाग्यशाली पुरस्कार विजेता सार्वजनिक गरेको हो ।
विभिन्न सञ्चार संम्बद्घ संस्थामा कार्यरत संचारकर्मी, आईएमईका कर्मचारीहरु, योजनाका अन्य साप्ताहिक तथा दैनिक विजेताहरुको उपस्थितिमा कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र आईएमईका ब्राण्ड एम्वेसडर निरौलाले संयुक्त रुपमा रुपन्देही रुद्रपुरका अमिरका थारु लाई ‘विदेशमा परिवार भेट’ योजनाको विजेता घोषणा गरे ।
अमिरिकाले पठाएको रकम चन्द्रकला थारुले रुद्रपुरमा रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैकको शाखाबाट भुक्तानी लिएकी थिइन् । विजेता बनेसँगै अमिरिका थारुका ४ जना परिवारका सदस्यले आईएमईको ‘विदेशमा परिवार भेट’ योजना अनुसार मलेसियामा ५ दिनको भ्रमण गर्न पाउनेछन् भने भ्रमणको सवैखर्च आईएमईले गर्नेछ ।
आईएमईका व्यापार तथा व्यापार प्रबद्र्धन प्रमुख डेनियल श्रेष्ठका ‘बम्पर लक्की ड्र’ को माध्यमबाट सार्वजनिक गरिएको यस योजना गत भाद्र १६ देखि असोज १९ सम्म सञ्चालन गरिएको थियो ।
‘विदेशमा परिवार भेट’ योजनाको अवधिभरमा अन्तराष्ट्रियतर्फ भुक्तानी पाउनेतर्फ देशका विभिन्न भुभागका ३३ जना भाग्यशाली सेवाग्राहीले दैनिक उपहार विधाको लगेजब्याग, ५ जना भाग्यशाली सेवाग्राहीले साप्ताहिक उपहार विधाको डिजिटल क्यामरा साथै विदेशबाट आईएमई गर्नेहरुको विधामा पनि त्यति नै संख्यामा ३३ जनाले स्मार्टफोन, ५ जनाले आईप्याड पुरस्कार स्वरुप हात पारिसकेको आईएमईका जनसम्पर्क अधिकृत रामबहादुर क्षेत्रीले जानकारी दिए ।
















प्रतिक्रिया