२ कार्तिक २०८३, सोमबार

दोस्रो चरणको चुनावमा एमालेले खाता खोल्यो, बझाङमा वडा अध्यक्षसहित एमालेको सिंगो प्यानल निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ५ असार। दोस्रो चरणको चुनावको मनोनयन दर्ता भएको भोलिपल्टै एमालेले बझाङमा सफलता प्राप्त गरेको छ ।

बझाङको काँडा गाँउपालिकाको एउटा वडामा एमालेका अध्यक्षसहित सिंगो प्यानल निर्विरोध निर्वाचित भएको हो ।

काँडा गाउँपालिकाको वडा नम्बर ५ मा कसैको पनि उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवार धनन्जय बोहोरा अध्यक्षमा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेबाट खुला सदस्यमा डब्बल बोहोरा र कलु बोहोरा बिजयी भएका छन् । यसैगरी, महिला सदस्यमा अमृतादेवी बोहोरा निर्विरोध भइन् । दलित महिलामा भने कसैको पनि उम्मेदवार परेन ।