३१ आश्विन २०८३, शनिबार

एनसेलको आक्रामक तयारी: ७ महिनाभित्र देशका १५ शहरमा फोरजी सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अबको सात महिना भित्रमा देशको १५ प्रतिशत जनसंख्यालाई फोरजी सेवामा पहुँच दिने भएको छ ।

कम्पनीले सरकारबाट चौथो पुस्ताको फोरजी सेवा संचालनका लागि अनुमति पाएपछि आक्रामक रुपमा सेवा विस्तारको योजना सार्वजनिक गरेको हो । सेवा विस्तार गर्दै आगामी सात महिना भित्र अर्थात २०१७ को अन्त्यसम्ममा देशका १५ प्रमुख सहरहरुमा फोरजीे सेवा संचालनमा ल्याउने छ । कम्पनीका अनुसार, २०१८ भित्र ४० सहरहरुमा सेवा विस्तारका लागि टेस्ट लगायत अन्य आन्तरिक आवश्यक कामहरु भइरहेको छ ।

एनसेलका अनुसार, प्रविधि तटस्थता अन्र्तगत रहेर संचालनमा ल्याइएको फोरजी सेवामा उपभोक्ताले उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा लिन सक्छन् । पहिलो चरण अन्र्तगत एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुरु गरिसकेको छ भने असार १७ गतेबाट पोखरामा यो सेवा संचालनमा ल्याउने जनाएको छ ।

‘फोरजी सेवाबाट ग्राहकले तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न, अनलाईन खेलहरु खेल्न लगायतका कामहरु गर्न सक्नेछन् । फोरजी प्रविधिले उच्च गतिको मोबाइल डाटामा पहुँचको सुनिश्चितता गर्नुका साथै साना तथा मझौला सूचना तथा सञ्चार प्रविधिमा आधारित व्यावसायहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्दछ र नेपाली कन्टेन्टको विकास तथा प्रयोग बढाउनमा महत्वपुर्ण भुमिका खेल्छ ।’- एनसेलको विश्वास छ ।

यद्यपि हाल फोरजी सेवा प्रदान गरिरेहका दुवै सेवा प्रदायकहरु एनसेल र नेपाल टेलिकमकोे डाटा सेवाका गति भने अन्य देशको फोरजी सेवाको गतिको आधारमा कम रहेको छ । यसको कारण कम्पनीहरुले थोरै फ्रिक्वेन्सीमा सेवा प्रवाह गर्नु रहेको नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु बताउँछन् । अहिले दुवै कम्पनीले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अन्र्तगत ५/५ मेगाहर्ज फ्रिक्वेन्सीबाट मात्र फोरजी चलाई रहेका छन् । १८०० मेगाहर्ज ब्याण्डमा टेलिकमले १५ मेगाहर्ज र एनसेलले ११ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

सरकारले ब्रोडव्याण्ड सेवालाई अति महत्वका साथ अगाडि बढाईरहेको छ । प्राधिकरणले देशका सबै जिल्ला सदरमुकाम जोड्नका निमित्त अप्टिकल फाइबर प्रोजेक्ट लागु गरिरेहको छ । यस अनुसार आगामी आर्थिक वर्षको बजेटले दुई वर्षभित्र ब्रोडव्याण्ड सेवा विस्तारका लागि सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा अप्टिकल फाइबरले जोड्ने घोषणा गरेको छ र वडास्तरसम्म ब्रोडव्याण्ड सेवा विस्तार गरिने बताएको छ । त्यस्तै ब्रोडव्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ ।