लहरेपौवा (रसुवा) २ कार्तिक । लहरेपौवा गाविस ३ स्थित कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १६ लाख खुद नाफा कमाएको छ ।
सहकारीको २० औ साधारण सभाले संस्थाका सेयर सदस्यहरूलाई १५ प्रतिसत मुनाफा समेत बितरण गरेको छ ।
संस्थाको भवनमा आयोजित २० औं साधारण सभामा संस्थाको कुल बारोवार ६ करोड १३ लाख ३२ हजार २ सय ८८ रुपैयाँ रहेको जनाइएको छ ।
कार्यक्रममा आय ब्याय तथा संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम सार्वजनिक गर्दै ब्यवस्थापक राजेन्द्र घिमिरेले १ हजार ६ सय २५ जना सेयर सदस्य रहेको संस्थाले १६ लाख ७ हजार ५ सय ४३ रुपैयाँ खुदनाफा गरेको बताउनुभयो ।
२०५३ सालमा स्थापित सहकारी संस्थाका सचिव टंकप्रसाद पौडेलले प्रगती प्रतिवदन पेस गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा भएको सभामा पुर्व ब्यवस्थापक विष्णुप्रसाद घिमिरे, स्थानीय छविलाल आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने जनजागरण बचत तथा ऋण सहकारी संस्थाका ओमपसाद्र आचार्यले मन्तव्य दिनुभएको थियो ।













प्रतिक्रिया