
काठमाडौं, २ असार । दुई नं. प्रदेशको मात्रै निर्वाचन सार्ने सरकारको निर्णयबाट रुष्ट बनेको राष्ट्रिय जनता पार्टी नेपालले बैठक बोलाएको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने राजपा नेपालको अध्यक्षमण्डलको बैठकले सरकारको निर्णयमा समीक्षा गर्नेछ । आन्दोलनलाई जारी राख्ने वा सरकारको निर्णय मान्ने विषयमा छलफल हुने बुझिएको छ ।
राजपा नेपालका नेता केशव झाले सरकारले फेरि आफूहरूलाई धोका दिएको बताए । उनले अहिलेकै अवस्थामा सरकारको निर्णय मान्न नसकिने बरु आन्दोलनलाई सशक्त अगाडि बढाउने बताए ।
राजपा नेपालको अध्यक्षमण्डलको बैठकपछि संघीय गठबन्धनको बैठक पनि बस्ने तयारी भएको छ ।















प्रतिक्रिया