काठमाडौं, १ असार । सहमतिको प्रयास स्वरुप प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।
सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय जनता पार्टी नेपालको माग र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार राजपालाई निर्वाचनमा सहभागी गराउन दोस्रो चरणको निर्वाचनलाई केही समय सार्ने तयारी भएको छ ।
संविधान संशोधनको मागलाई जोडदार रुपमा अगाडि बढाएको राजपा नेपालले सहमति हुन नसके आन्दोलनलाई झन् सशक्त बनाउने चेतावनी दिएको छ ।
राजपाका नेता केशव झाले सत्तापक्षले धोका दिएकाले आन्दोलन गर्नु परेको बताए ।
उनले भने, ‘हामी सहमतिको बिरोधी पनि होइनौँ । तर, सत्तापक्षले सधैँ धोका दिएकाले बाध्य भएर निर्वाचन बिथोल्ने गरेर आन्दोलन थालेका हौँ ।’ आजको शीर्ष वार्ताबाट सहमति निस्कनु पर्छ भन्ने मान्यता आफूहरूको रहेका बताएका नेता झाले भने, ‘अहिलेसम्मको तयारी हेर्दा खासै उपलब्ध होला जस्तो लागेन । तैपनि झिनो आशा लिएका छौँ ।’
यसअघि बुधबार बेलुका सिंहदरबारमा भएको चार दलको वार्तामा कुनै सहमति भएको थिएन ।















प्रतिक्रिया