३१ आश्विन २०८३, शनिबार

गोलभेँडामा किराको प्रकोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ३१ जेठ । गोलभेँडामा टुटाकिरा देखा परेको छ । नेपालमा पहिलो पटक गत वर्ष भित्रिएको टुटाकिराको प्रकोप यस वर्ष यहाँ देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिनुभयो ।

टुटाकिराले गोलभेँडाको पात, डाँठ हुँदै फल नै खाएपछि देउराली, बुङताङ, किम्ताङलगायत स्थानका किसान मारमा परेका छन् । भारतबाट नेपाल भित्रिएको टुटाकिरा गत वर्ष काठमाडौं उपत्यका र त्यस वरपरका जिल्ला देखापरेको थियो ।

दुई साताअघि देखा परेको किराले अहिले माहामारीको रूप लिएको छ । “नियन्त्रण गर्न किसानलाई तालिम तथा बास्नादार जाल वितरण गरेका छौं,” गैरेले भन्नुभयो ।

गोलभेँडाको बोट नजिकै जाल थापिने गरिन्छ । विषादीको प्रयोगले फलमा असर गर्ने भएको किरालाई जालमा पारेर कम गराउने विधि परीक्षणको रूपमा अपनाएको गैरेको भनाइ छ । रासस