२ कार्तिक २०८३, सोमबार

भरतपुर प्रकरण अपडेटः सर्वोच्चले आज अन्तिम फैसला गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धमा परेको रिटमा आज फैसला सुनाउने भएको छ ।

भरतपुरमा पुनः चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा कायम–मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको पूर्ण इजलासमा अहिले सुनुवाई सुरु भएको बताइएको छ । गत आइतबार समय अभावका कारण सुनुवाई आजसम्मका लागि सारिएको थियो ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध रिट दायर गर्दै वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गरेका थिए ।