२९ आश्विन २०८३, बिहिबार

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima-bank

काठमाडौँ, ३० असोज । सानिमा बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको १०औँ साधारणसभाले यो निर्णय गरेको हो । गैरआवासीय नेपाली प्रवद्र्धक रहेको यस बैंकको देशभर ३७ शाखा छ । बैंकको पुँजी दुई अर्ब ५५ करोड पुगेको छ । सो रकम अघिल्लो वर्षको तुलनामा ३४ करोडले बढी हो ।

बैंकले आव २०७०÷०७१ मा ४० प्रतिशत मुनाफा वृद्धि गरी ४२ करोड ७६ लाख खुद् मुनाफा गरेको छ । बैंकले आव २०७० ÷०७१ मा रु २४ अर्ब ८७ करोड निक्षेप सङ्कलन गरी २० अर्ब र आव २०६९ ÷०७० मा रु १५ अर्बको कर्जा प्रवाह गरेको थियो ।

बैंकका अध्यक्ष श्रेष्ठले वित्तीय क्षेत्रमा सुशासन कायम गरी सेवाग्राहीलाई अत्याधुनिक सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै चाँडै भिसा ब्रान्डका कार्ड बैङ्कले जारी गर्ने जानकारी दिनुभयो ।