३१ आश्विन २०८३, शनिबार

जैमिनीमा मोटरबाटो स्तारोन्नतीमा सम्झौता भएन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २७ जेठ । म्याद सकिन एक महिना मात्रै बाँकी रहँदा पनि बागलुङको जैमिनी नगरपालिकाको विभिन्न वडामा जाने मोटरबाटोको स्तरोन्नतीको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।

जैमिनी नगर पालिकाको वडा न. १ कुश्मिसेरादेखि बिनामारे, अर्जेवा, जैदी, छिस्ती हुँदै बरेङ गाउँपालिकाको धुल्लुबास्कोट सम्म जोड्ने मोटरबाटो स्तरोन्नतिको कार्य अहिले सम्पन्न पनि सुरु हुन नसकेको हो ।

बजेट असार मसान्तभित्रै सक्नु पर्छ । मोटरबाटो स्तरोन्नतीको लागि सडक डिभिजन कार्यालयबाट ५० लाख ८४ हजार ७ सय ४५ रुपैयाँ छुट्याए पनि अहिले सम्म काम सुरु हुन सकेको छैन ।

ठेक्का प्रक्रिया पूरा गरे पनि सडक डिभिजन कार्यालय बागलुङले काम गर्नको लागि ‘कार्यादेश’ नदिएकाले आफुले बाटो स्तरोन्नतिको कार्य सुरु गर्न नसकेको ठेकेदार कम्पनि तिलक निर्माण सेवाका प्रोपाइटर भूपेन्द्र खड्काले जानकारी गराउनुभयो ।

बाटो स्तरोन्नतिको लागि आफुलाई ठेक्का परे पनि सडक डिभिजन कार्यालय सँग सम्झौता भइनसकेको र कार्यदेश पनि नआएकोले आफुहरुले काम गर्न नसकेको बताउनु भयो । ठेक्का परे लगत्तै स्तरोन्नतिको कार्यलाई अगाडी बढाउने सोचका साथ निर्माण सामाग्री तयार पारेको भएपनि कार्यदेश नआएकोले आफुहरु रोकिनु परेको खड्काको भनाई छ ।