३१ आश्विन २०८३, शनिबार

अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २७ जेठ । नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरुबाट रु १७ लाख भन्दा बढी रकम असुल गरेको छ ।

केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रणमा लिई रु १७ लाख ६१ हजार ७८६ जरिवाना गरिएको बताउनुभयो ।

केन्द्रबाट खटिएका नेपाल र सशस्त्र प्रहरीसहितको विद्युत् नियन्त्रण टोलीले जिल्लाको विभिन्न गाउँ ठाउँमा गएर अनधिकृत रुपमा बिजुली प्रयोग गर्दैआएका घरबाट ५० भन्दा बढी टेलिभिजन, मोटर, पङ्खा, इन्भर्टर, स्टेबलाइजरलगायतका उपकरण नियन्त्रणमा लिएको प्राविधिक प्रमुख अभिषेकराज कलवारले बताउनुभयो ।

यसका साथै सो केन्द्रले वर्षौंदेखि विद्युत् महसुल नतिरेका ९४५ जना ग्राहकको लाइनसमेत काटिदिएको छ । रासस