काठमाडौं, ३० असोज । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा ललितपुरको जावलाखेल फुटबल मैदानमा शुक्रबारबाट शुरु हुने आठौं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा गरेको छ ।
जाबलाखेल मैदानमा असोज ३१ गतेबाट शुरु हुने सो मेला मंसिर ३ गतेसम्म चल्ने छ । तिहारलाई लक्षित गरि गरिन लागेको यो प्रतियोगितात्मक प्रदर्शनीमा ३५ भन्दा बढि स्टल रहने कार्यक्रम संयोजक तथा फ्यानका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।
उपत्यकाभित्रका सहभागि नर्सरीहरुमा टिटिआर बंगलामुखी नर्सरी, काठमाडौं नर्सरी,खोटाङ कृषक समुह,अल ट्रपिकल प्लान्ट हाउस, बिशाल नर्सरी,ओम नर्सरी,मितेरी नर्सरी,संझना नर्सरी,अजिमा नर्सरी,बुद्धहर्ष नर्सरी,खड्का नर्सरी, बिद्या नर्सरी,मुस्कान नर्सरी,एसआर नर्सरी रहेका छन् ।
यसैगरि ट्राइदिज ड्राई इमाजिनेशन,मेरो नर्सरी,राजडेल नर्सरी, द कार्की,ग्रीन नेपाल,कुमारी फ्लोरा,एडेन्स,रक्षा,रोजमेड गार्डेनिङ,अरुण,सृजना फ्लावर नर्सरीले भाग लिएका छन् ।
दाहाल ट्रेडिङ,जोशी जनरल सप्लायर्स,पुष्प बिकास केन्द्र गोदाबरी,राष्ट्रिय बनस्पती उद्यान गोदाबरीलगायत प्रतियोगितात्मक स्टल ३ वटा रहेका छन् । रोपेर फूल गोदाबरी,सजाऔं घर आगन वरीपरी भन्ने नाराका साथ आयोजित आठौं गोदाबरी पुष्प मेलामा निःशुल्क प्रबेशको ब्यबस्था गरिएको कार्यक्रम संयोजक कसजुले जानकारी दिनुभयो ।
कृषि बिकास मन्त्रालयको आर्थिक सहयोगमा संचालन गर्न लागिएको यो मेलामा गोदाबरी,बगंबेली,एजेलिया,ह्याबिस्कस,सयपत्री,मखमली,लाहुरे फूल लगायत आलंकारिक बोट बिरुवाको बिक्री बितरण हुने फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले दिनुभयो ।
प्रतियोगितात्मक प्रदर्शनीमा भाग लिई उत्कृष्ठ हुने ब्यबशायीलाई नगद शील्ड तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको फ्यानका महासचिब दिलिप बादेले बताउनुभयो ।














प्रतिक्रिया