२९ आश्विन २०८३, बिहिबार

बुटवल उद्योग वाणिज्य सङ्घमा सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० असोज । बुटवल उद्योग वाणिज्य सङ्घको २२औँ अधिवेशनबाट महेशमान सिंहको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । सङ्घको बुधबार भएको मतदानको बिहीबार सम्पन्न मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा खेमबहादुर हमाल र उपाध्यक्षमा उज्ज्वल कसजु निर्वाचित हुनुभएको छ ।
उद्योगतर्फको उपाध्यक्षमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट सदस्यमा सुनिलकृष्ण श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै सचिवमा कमल पौडेल निर्वाचित हुनुभएको छ भने खुल्ला सदस्यमा बाबुराम विक, वसन्त ढकाल, दिनेश श्रेष्ठ, जाकिर हुसैन, कशिस श्रेष्ठ, मुक्ति अधिकारी र टङ्क गैरे निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ मीना प्रधान र कमला पोखरेल पराजुली निर्वाचित हुनुभएको छ ।

यस्तै सङ्घको उद्योगतर्फका सदस्यहरुमा कृष्ण भुसाल, मोहनलाल जोसी, नवीन श्रेष्ठ र रितेश सिलवाल तथा वाणिज्यतर्फका सदस्यमा भेषराज गैरे, मनोज ध्वजु, लोकनाथ पाण्डे, नरिश्वर शर्मा निर्वाचित हुनुभएको सङ्घका प्रेस सल्लाहकार डायलसन अधिकारीले जानकारी दिनुभयो ।

सो निर्वाचनका लागि एक हजार ४०० सदस्य मतदाता रहेकामा एक हजार ७४ मत खसेको थियो ।