
काठमाडौँ, २३ जेठ । देशले नयाँ प्रधानमन्त्री पाएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीको अवकाश भएको छ ।
उमेर हदका कारण प्रधानन्यायाधिश कार्की मंगलबारदेखि सेवानिवृत्त भएकी हुन् । सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त भएकी हुन् । कस्तो संयोग परेको छ भने आफूलाई महाअभियोग लगाउन अहम् भूमिका खेल्ने काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन कार्कीले स्वच्छिक अवकाश भएको हो ।
गत वैशाख १ गतेदेखि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण अवकाश भएपछि कार्कीले कामु प्रधान्यायाधीश हुँदै प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको हो ।
बुधबारदेखि कामु प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार सम्हाल्ने छन् । प्रधानन्यायाधीशमा पराजुलीलाई न्यायपरिषद्को बैठक बसी सिफारिस गर्नेछ ।











प्रतिक्रिया