९ मंसिर २०८३, बुधबार

आधा घण्टा ढिला सुरु भयो संसद बैठक, के–के छ आजको कार्यसूचीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ जेठ । संसदको कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी सदनमा पेश गर्ने रहेको छ ।

नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् संसद नियमावली २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा देउवाले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्ने छन् ।

उक्त उम्मेदवारीको सूचनाको प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत पाँच जना रहेका छन् ।

त्यसपछि प्रधानमन्त्रीको उम्मेदवारको सूचनालाई निणर्याथ प्रस्तुत गरिनेछ ।

कार्यसूचीमा विभिन्न व्यवस्थापन कार्य र महाभियोग प्रस्ताव फिर्ता रहे पनि राखिएको छ ।

यद्यपि व्यवस्थापन कार्य र महाभियोग प्रस्ताव फिर्ताको कार्यसूचीलाई सूचीबाट हटाइने स्रोतको भनाइ छ ।

यसैबीच, संसदको बैठक निर्धारित समयभन्दा झण्डै आधा घण्टा ढिला सुरु भएको छ ।

बैठकमा प्रमुख विपक्षी दलका नेता केपी ओलीले संसदमा सम्बोधन गरिरहेका छन् ।