९ मंसिर २०८३, बुधबार

गृह जिल्ला पुगेर राजेन्द्र महतोले एकाएक कुरा फेरे

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अधिकार नलिएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् । यद्यपि उनले चुनावको विरोधी आफूहरू नरहेको बताएका छन् ।

गृह जिल्ला सर्लाहीको बरहथवामा राजपा नेपालले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम नेता महतोले आफूहरू चुनावको बिरोधी नरहेको बताए । उनले सरकारले मधेसी, आदिवासी जनजातिको माग पूरा गरे चुनावमा सहभागी हुन सधैँ तैयार रहेको बताए ।

चुनावमा सहभागी हुन नसक्ने भनेर राजपा नेपालको अध्यक्षमण्डलको बैठकमा जोडदार आवाज उठाउँदै आएका नेता महतोले गृह जिल्ला पुगेर निर्वाचनको पक्षमा अभिव्यक्ति दिएका हुन् ।

नेता महतोले अहिले गठित गाउँपालिका र नगरपालिका जनसंख्याको आधारमा नगरेर मधेशीहरूको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाए ।

मधेसमा ५० प्रतिशतभन्दा बढ़ी जनसंख्या रहेको बताएका नेता महतोले सोही अनुसार गाउँपालिका र नगरपालिकामा धेसी जनताको प्रतिनिधित्वको माग गरे ।

उनले आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल फिर्ताको पनि माग गरेका छन् ।

‘आन्दोलन संविधानमा रहेको बिभेद बिरूद्धमा भएको हो । सरकारले माग पूरा गर्नुपर्छ’, उनले भने, ‘संविधान संशोधन नभएसम्म राजपा नेपालले आन्दोलन जारी राख्छ ।’