९ मंसिर २०८३, बुधबार

किन पक्राउ परे काठमाडौँका ‘डन’ राजु गोर्खाली ?

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । काठमाडौँका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

घरभाडासम्बन्धी लफडामा काठमाडौँ प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौँको ठमेलमा उनले भर्खरै भाडाामा लिएको घरको भाडा ६० हजार रुपैँया बढाइएपछि गोर्खालीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । व्यापारीहरुले मासिक २० हजार रुपैँया तिर्दै आएकोमा उनले ६० हजार बढाएर ८९ हजार रुपैँया पुर्याएका थिए ।

भाडा तिर्न नसकेपछि आफूहरुलाई धम्क्याएको भन्दै व्यापारीहरुले गोर्खालीविरुद्ध उजुरी दिएका थिए । प्लाटिनम डिस्कोमा झगडा हुँदा राकेश लिम्बुको हत्या गरेको अभियोगमा पक्राउ परेका उनी केही बर्षअघिमात्रै रिहा भएका थिए । गोर्खाली काठमाडौँका कहलिएका गुण्डा हुन् । उनीमाथि ज्यान हत्यासहित थुप्रै मुद्दा प्रहरीमा थियो ।

यसअघि सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भबन पनि गोर्खाली समूहले कब्जा गरेको थियो । टेण्डर हाल्दा सबैभन्दा बढी बिड गरी कब्जा गर्न उनीहरु सफल भएका हुन् । ठमेलमा पनि सोही प्रकरण दोहोरिएको हो ।