
काठमाडौँ, २२ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर निधि बालकोट पुगेका हुन् । निधिले देउवा नेतृत्वको सरकार गठनमा राजनीतिक सहमति जुटाउने जिम्मा पाएका छन् । आफूले गरेको प्रयास असफल भएपछि देउवाले ओलीलाई फकाउन निधि पठाएका हुन् ।
भरतपुर घटनालाई लिएर नेकपा एमालेले निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । एमालेकै अबरोधका कारण प्रधानमन्त्री निर्वाचन मंगलबारसम्म सरेको छ ।











प्रतिक्रिया