९ मंसिर २०८३, बुधबार

एमालेको विरोध हुँदा पनि भरतपुर महानगर १९ मा पुनः मतदानको तयारी

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आनन्द पोखरेल

चितवन, २२ जेठ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको लागि तयारी सुरु गरिएको छ ।

जेठ १४ गते राति मतपत्र च्यात्तिएपछि स्थगित भएको मतगणनाबारे आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गराउने तयारी थालेको हो ।

महानगरपालिकाको वडा नम्बर १९ मा विभिन्न तीन वटा मतदान स्थलमा छ वटा केन्द्र रहने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताउनुभयो ।

छ वटा केन्द्रको लागि चाहिने करिब चार हजार दुई सय मतपत्र तथा अन्य निर्वाचन सामग्री सबै तयार पारिएको घिमिरेले जानकारी दिनुभयो ।

छ वटा निर्वाचन केन्द्रमा ३६ जना कर्मचारी परिचालन गरिने उल्लेख गर्दै घिमिरेले पुनः निर्वाचनको लागि जिल्ला स्थित सुरक्षा समिति, सर्वदलीय संयन्त्रसँग छलफल गरेर मिति तयार गरिने बताउनुभयो ।

सबै तयारी पूरा भएपछि बढीमा तीन दिनमा निर्वाचन गराउन सकिने उल्लेख गर्दै पुनः मतदानको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तयारी अवस्थामा रहेको घिमिरेको भनाइ छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा तीन हजार सात सय ९७ मतदाता रहेका छन् ।