९ मंसिर २०८३, बुधबार

बाजुरा कांग्रेसका दुई जिल्ला सदस्य एमालेमा प्रवेश

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २१ जेठ । बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसका स्थानीय नेता एमालेमा प्रवेश गरेका छन् । उनीहरू एमालेको तर्फबाट उम्मेदवार बनेका लालबहादुर ओलीलाई सहयोग गर्न कांग्रेस छाडेको बताए ।

एमालेमा प्रवेश गर्नेहरूमा बाजुरा कांग्रेसका जिल्ला कार्यसमिति सदस्य दलबहादुर बुढा र पदम नेपाली तथा डोगडी गाउँ ईकाई समितिका पूर्वसभापति ध्वजबहादुर बुढा एवम् पूर्वपञ्च शेरबहादुर धामी एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूले कांग्रेसबाट खासै राम्रो हुन नसकेपछि एमालेमा प्रवेश गरेको एमालेका नेता दीपक रावतले बताए ।

उनीहरूलाई एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा र अध्यक्षका उम्मेदवार लालबहादुर ओलीले पार्टी प्रवेश गराएका हुन् ।