
काठमाडौं, २१ जेठ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि समर्थन गर्ने निर्णय गरेको छ ।
फोरम संसदीय दलको आइतबार बसेको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गर्न बाँकी छ ।
देउवाले सरकार गठनपछि संविधान संशोधनलगायत विषयलाई समाधान गर्ने प्रतिबद्धता जनाएकाले आफ्नो दलले समर्थन गर्ने निर्णय गरेको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
“हाम्रा मुद्दालाई समाधान गर्ने प्रतिबद्धताअनुसार मुलुकको ४० औँ प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवालाई मतदान गर्ने निर्णय गरेका छौँ, सरकारमा सहभागिता जनाउनेबारे परिस्थिति हेरेर उचित समयमा निर्णय गरिन्छ”, उनले भने । फोरमसँग हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १५ सांसद छन् ।











प्रतिक्रिया