९ मंसिर २०८३, बुधबार

भरतपुर १९ वडामा फेरि निर्वाचनः अब कति खस्ला मत ? यस्तो छ हिसाबकिताब

47.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २१ जेठ । भरतपुर १९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयसँगै नयाँ हिसाबकिताब हुन थालेको छ ।

सबैको चासोको केन्द्र बनेको १९ नम्बर वडामा अब कस्को पल्लाभारी हुने भन्नेमा हिसाबकिताब सुरु भएको हो । १९ नम्बर वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता छन् । वैशाख ३१ को निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । अब त्यति नै मत खस्ला कि त्यो भन्दा बढी ? बिभिन्न अड्कलबाजीहरु चलिरहेका छन् ।

स्थानीय बासिन्दा भन्छन्, भरतपुर–१९ मा अब यसअघिको जत्तिकै मत आउला भन्न सकिने अवस्था छैन् । पहिलो चरणमा जति उत्साह थियो, त्यस्तो उत्साह देखिएको छैन् । किनकी सबै दलको यही वडामा बढी ध्यान लगाउने छन् । मतदाताहरुलाई फकाउन कुनै हर्कत बाँकी नराख्ने देखिन्छ । यस वडामा पहिलो चरणमा खसेको मत मध्य कुल एक हजार ८ सय ९ मत गणना भइसकेको थियो । लगत्तै जेठ १४ गते मध्यरातमा माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेको थियो । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कुल ९० मत च्यातेको पुष्टि गरेको छ । अब यस वडाको ९ सय ९८ मत बाँकी थियो । निर्वाचन आयोगले निर्णय गर्दै अब वडा नं १९ को सबै मतलाई अवैध घोषित गरेको छ । नयाँ निर्वाचनको मिति, समय तोक्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ ।

१९ नम्बर वडामा यसअघि काँग्रेसले अग्रता लिएको थियो । वडाध्यक्षमा काँग्रेसले अग्रता लिए पनि मेयरमा एमालेका देवी ज्ञवालीले राम्रै मत पाएका थिए । काँग्रेसले जित्दाजित्दै पनि मतपत्र च्यातियो, तर काँग्रेसले उल्टै माओवादीलाई साथ दिएको भन्दै स्थानीय बासिन्दा भड्किएका छन् । आफूहरुको मतलाई अपमान गरेको भन्दै एकातिर काँग्रेसी कार्यकर्ता भड्किएका छन् भने अर्कोतिर माओवादी र काँग्रेसको नेतृत्वले गठबन्धनको भोट काँग्रेसमा दिन निकै जोडबल गर्नेछ । एमालेलाई पनि जीवनमरणको सबाल भएका कारण एमालेले पनि आफ्नो शक्ति केन्द्रीत गर्नेछ ।

निर्वाचन आयोगको निर्णय आउनुभन्दा अघिदेखि नै रेणु दाहाल मत माग्न व्यस्त छिन् भने एमालेका देवी ज्ञवाली आन्दोलनमै छन् ।