
काठमाडौँ, २० जेठ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले पनि व्यंग्यात्मक रुपमा विरोध गरेका छन् ।
भरतपुर घटनामा आएको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको डा. भट्टराईले भनेका छन् । उनले लोकतन्त्रको भविष्यमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनको ट्वीट छ – ‘‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले ‘मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ गर्यो । आयोगको निरीहता झल्क्यो । लोकतन्त्रको भविष्य ?’
निर्वाचन आयोगको निर्णय एमालेले यसअघि नै विरोध गरिसकेको छ ।












प्रतिक्रिया