३ कार्तिक २०८३, मंगलबार

युहाङ्ग र पलिस्था बनिन् लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७ को सातौंं संस्करणमा युहाङ्ग लिम्बु र पलिस्था ताम्राकारले उपाधी हात पारेका छन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा संकल्प घिमिरे र साइब्या घिमिरेले फस्ट रनरअपको उपाधी जितेका छन् । त्यसै गरी सुहर्ष आचार्य र दिनाश्री शाहले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी राज पैmजूले गरेका थिए ।

उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरु प्रदान गरेका थिए । प्रतियोगिताको प्रमुख अतिथीमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीको उपस्थिती थियो ।

प्रतियोगितामा सन्जिप राईले एटिक्ङ्गमा, संकल्प घिमिरेले एञ्करिङ्ग, पलिस्था ताम्राकारले वेष्ट ड्रेसमा, आदर्श मैनालीले डान्सिङ्गमा, पलिस्था ताम्राकारले व्यूटीपूmल हेयरमा, दिपास्ना थापाले व्यूटीपूmला कम्पेल्कसनमा, मन्जिल गौतमले बेस्ट इस्माइलमा, एलेक्स घिमिरेले इनरजेटिकमा, उर्भि वैद्यले डिसिपेल्नमा, प्रार्थना ताम्राकारले पर्सनालिटीमा, सुहर्ष आचार्यले फ्रेन्डसिपमा, कौशिला चेम्जोङ्गले बेस्ट वाकमा, बैभवी डंगोलले फोटोजेनीकमा, साइब्या घिमिरेले ट्यालेन्टमा, सदिक्क्षा लोहनीले पङ्गच्यूयालिटीमा, सुया लिम्बूले क्यूटमा, अनन्य त्रिपाठीले सिन्सीयरमा, सम्रीन खड्काले पपुलरमा, श्रीया शाक्यले चार्मिङ्ग, दिनाश्री शाहले वेष्ट नेपाली हाण्डराइटिङ्ग, सिने खड्काले वेष्ट अंग्रजी हाण्डराइटिङ्ग, हाइडी गुरुङ्गले वेष्ट ड्रेसअप, युहाङ्ग लिम्बुले मोस्ट कन्फिडेन्स र आलोक कुमार तामाङ्गले मोस्ट इन्टरटेनर अर्वाड जितेका छन् ।

प्रतियोगिताको निर्णायकहरुमा दामोदर न्यौपाने (कान्तिपुर पब्लिकेसनका लेखक एवं पत्रकार), जानुका ढकाल (नवनारी पत्रिकाका सम्पादक एवं समाजसेवी), दिपेन्द्र घिमिरे (म्युजिक भिडियो डाइरेक्टर एवं संचारकर्मी), सुनिल रावल (चलचित्र निर्माता एवं कलाकार), सुशिल श्रेष्ठ (कलाकार), सन्ध्या पौडेल (कलाकार), श्रद्धा प्रसाई (कलाकार) रहेका थिए ।