
काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय मान्य नहुने बताएका छन् ।
एमाले संसदीय दलको बैठकपछि सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भरतपुरमा पुनः मतदान गर्ने मान्य नहुने बताएका हुन् । एमालेले कानुनी उपचार खोज्ने ओलीको प्रतिक्रिया छ ।
१९ नम्बर वडामा पुनःमतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले तमासा देखाएको भन्दै ओलीले भरतपुर प्रकरण यतिमै टुंगियो भन्ने नसोच्न सत्तापक्षलाई चेतावनी दिए ।
‘निर्वाचन आयोगले यस्तो तमासा देखाउँछ भन्ने लागेको थिएन्, पुनः मतदान जस्तो तमासा नगरेर रेणु दाहालले जित्नु भने भनेर घोषणा गरिएको भए सजिलो हुन्थ्यो’, ओलीले भने – ‘अब दोस्रो चरणको चुनाव किन गराउनु पर्यो ? सरकारले जसजसलाई जिताउन भन्छ, आयोगले उनीहरुलाई विजयी घोषणा गरोस् ।’
नेकपा एमालेले अदालतको ढोका ढक्काउने भएको छ । यसैगरी, भरतपुर १९ वडाको चुनाव पनि बहिष्कार गर्ने बताइएको छ ।











प्रतिक्रिया