काठमाडौँ, २९ असोज । आर्थिक विधेयक २०७१ व्यवस्थापिका–संसद्बाट बहुमतले पारित भएको छ ।
अर्थमन्त्री डा. रामशरण महतले राखेको आर्थिक विधेयक पारित गरियोस भन्ने प्रस्तावलाई संसद्ले बहुमतबाट पारित गरेको हो ।
यस्तै, राष्ट्र ऋण उठाउने विधेयक २०७१ र ऋण तथा जमानत २०औं संशोधन विधेयक २०७१ पनि स्वीकृत भएको छ ।
अर्थमन्त्री डा. महतले राखेको राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको हो ।













प्रतिक्रिया