मुम्बई । शाहरूख खानको फिल्म ह्याप्पी न्यु इयर, सञ्जयलिला भन्सालीको फिल्म पद्मावतीमा छानिएर पनि अन्त्यमा हटाइएकी टेली सिरियलकी स्टार अभिनेत्री अंकिता लोखंडे अन्ततः सञ्जय दत्तकी नायिका भएकी छन् ।
सञ्जय दत्त अभिनित नयाँ फिल्म ‘मंगल’ मा अंकिता नायिकाको रूपमा चयन हुँदै यो फिल्मको काममा अहिले व्यस्त छिन् । फिल्ममा उनको सशक्त प्रहरी अधिकारीको भूमिका रहेको यसका निर्देशक आरम्भ सिंहले बताएका छन् ।
जेलबाट बाहिर आएपछि फिल्ममा फर्किएका सञ्जय दत्तले मंगलमा काम गरिरहेका छन् । यही फिल्ममा सञ्जयसँगै अंकिताले पनि डेब्यु गरेकी छन् । फिल्ममा अंकिताले राम्रो काम गरिरहेको निर्देशक सिंहको भनाइ छ । – ऐजेन्सी















प्रतिक्रिया